अर्घाखाँची सम्पर्क समिती युएईद्वारा देउसी भैलो तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न

Shares

दुबई, अक्टोबर 26-अर्घाखाँची सम्पर्क समिती युएईद्वारा प्रत्येक वर्षझैँ यस वर्ष पनि बिजया दशमी, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान–प्रदान तथा मौलिक देउसी भैलो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम आइतबार, अक्टोबर 26 का दिन दुबईस्थित होटल अस्टोरियाको रक नमस्ते क्लब हलमा विविध सांस्कृतिक माहोलमा सम्पन्न भएको हो।

कार्यक्रमको शुभारम्भ वैदिक सनातन विधिअनुसार दीप प्रज्वलनबाट गरिएको थियो।महासचिव अमित पाण्डेको संचालनमा भएको सो कार्यक्रममा  संस्थाका अध्यक्ष जेपी पोखरेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथि संस्थाका संरक्षक कृष्ण भुषाल र बिशिष्ट अतिथि लुम्बिनी प्रदेश समाज युएईका अध्यक्ष नारायण अधिकारी रहनुभएको थियो। साथै संस्थाका अग्रज, संस्थापक तथा सल्लाहकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

औपचारिक सत्रमा उपाध्यक्ष रिता आचार्यले स्वागत मन्तव्य राख्दै अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। त्यसपछि प्रमुख तथा बिशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको औपचारिक भाग सकिएपछि कलाकार तथा सांस्कृतिक संयोजक दिपक शाह ठकुरीको नेतृत्वमा अर्घाखाँचीमा खेलिने मौलिक देउसी भैलो सहित विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। कार्यक्रममा शितगंगा, भूमिकास्थान, बल्कोट अर्घाखाँची सम्पर्क समाज युएई र लुम्बिनी प्रदेश समाज युएईका टिमहरूले आ–आफ्ना मौलिक देउसी भैलो प्रस्तुत गरेका थिए।

कार्यक्रममा कलाकार दिपक शाह ठकुरी, बसन्त जिएम, नेत्र केसी, चिरन केसी, चुमान सिंह काउछा, प्रियंका श्रेष्ठ, पार्वता मल्ल, सम्झना खनाल र बिनोद केसी दिपा श्रेस्ठ, पुस्पा भाट,निरु शिह, नरेस भाट,सुरज के सी ,रुद्र बिस्ट,आकास भुसाल,सिरु के.सि
बिमला छेत्री,पदम आचार्य ,सुरेन्द्र न्योपाने,सुभाष छेत्री,पार्बता पान्डे,
अस्मिता के सी,खिम प्रसाद शर्मा,तुलसा भुसाल,कृष्ण गमाल लगायतका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए, जसले हलमा उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रमलाई सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण महानुभावहरू, सुरुदेखि अन्तिमसम्म खटिने आयोजक टिमका सदस्यहरू, र हल भरिभराउ हुने गरी उपस्थित दाजुभाइ–दिदीबहिनीहरूलाई समितिले हार्दिक आभार व्यक्त गरेको छ। साथै कार्यक्रममा उपस्थित हुन नसके पनि शुभकामना पठाउने सम्पूर्ण शुभेच्छुकहरूलाई पनि धन्यवाद दिइएको छ।

महासचिव अमित पाण्डे र अध्यक्ष जेपी पोखरेलले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा भनिएको छ, “कार्यक्रममा देखाएको माया, सद्भाव र सहभागिताप्रति हामी हृदयदेखि आभारी छौं। तपाईंहरूको अनुशासन, धैर्यता र सहनशीलताले हामीलाई अझ हौसला दिएको छ। कुनै त्रुटि वा कमी भएको भए क्षमाप्रार्थी छौं, र आगामी दिनमा पनि यही सहयोग र सद्भाव निरन्तर रहने अपेक्षा गर्दछौं।”

कार्यक्रमले अर्घाखाँचीको मौलिक संस्कृति र परम्परालाई प्रवासमा उजागर गर्ने उदेश्य सफलतापूर्वक पुरा गरेको सहभागीहरूको भनाइ छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.