२५ कात्तिक बुटवल / कान्ति माध्यमिक विद्यालय बुटवलको आयाेजनामा कक्षा ११र १२ मा हाेटल म्यानेजमेन्ट विषय अध्ययन गरिरहेका विद्यार्थीहरुलाई अभ्यास र अवलोकनबाट सिपकाे विकास अन्तरगत आज रुपन्देहीमा देशमै पहिलाेपटक प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालिन पाँचतारे हाेटल टाईगर प्यालेस अभ्यास , अवलोकन र यश क्षेत्रमा युवाका अवसरबारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
साे कार्यक्रममा हाेटलका प्रतिनिधि हरि जाेशीले यस क्षेत्रमा रहेका अवसर तथा टाईगर प्यालेसका बारेमा जानकारीमूलक प्रस्तुतिकरण गर्नु भएको थियाे । यश कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई अतिथि सत्कार , किचन , रेष्टुरेन्ट, बार एवम् गेष्ट हाउस व्यवस्थापन सम्बन्धि डेमाे समेत देखाईएकाे थियाे । कार्यक्रममा बाेल्दै विद्यालयका सहायक प्राधानाध्यापक केदारनाथ ज्ञवालीले विद्यार्थीहरु विद्यालयमा सिकेका सैद्धान्तिक र व्यवहारिक ज्ञान एवम् अभ्यासमा थप उत्कृष्टता ल्याउनका लागि यस्ता कार्यक्रमहरु गरिएको बताउनु भयाे । कार्यक्रममा २७० विद्यार्थीहरुकाे सहभागीता रहेको थियाे ।






