मंसिर २१, काठमाडौं – दार्चुलामा आज बिहान भूकम्प गएको छ। दार्चुलाको घुसा क्षेत्र केन्द्रविन्दु रहेको भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ।
भूकम्पका धक्का दार्चुला सहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो। हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
Post Views: 257






