देशभर मौसममा सुधार, अधिकांश क्षेत्र घमाईलो बन्दै

Shares

१६ कात्तिक, काठमाडौँ – देशभरको मौसम आजदेखि थप खुल्दै गएको छ। राजधानी उपत्यकासहित अधिकांश स्थानमा बिहानैदेखि घाम लागेको छ भने केही पहाडी क्षेत्रमा मात्र आंशिक बदली देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै सुधारको क्रम सुरु भएको मौसम आज बिहानदेखि अझ स्पष्ट रूपमा खुल्न थालेको हो। मौसमविद् सञ्जीव अधिकारीका अनुसार बङ्गालको खाडीबाट बनेको मोन्था चक्रवातको प्रभाव अब समाप्त भइसकेको छ, तर नेपालमा हाल पनि पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर छ। यसका कारण केही स्थानमा हल्का वर्षाको सम्भावना कायम छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज पनि सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने अनुमान गरिएको छ। दिउँसो ती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने, मधेश र अन्य प्रदेशका अधिकांश ठाउँमा भने मौसम मुख्यतः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रहने अनुमान छ भने बाँकी प्रदेशमा आकाश प्रायः खुला रहनेछ।

यस वर्षको कात्तिक दोस्रो हप्ता मोन्था चक्रवात, अरब सागरको मौसम प्रणाली र पश्चिमी वायुका कारण देशका धेरै भागमा वर्षा हुँदा धानबालीमा ठूलो क्षति पुगेको छ। त्यस्तै, लगातारको हिमपातका कारण उच्च हिमाली क्षेत्र र पदयात्रा मार्गहरू पनि प्रभावित भएका छन्।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.