१ मंसिर काठमाण्डौ – आज काठमाण्डौ उपत्यकासहित देशभर मौसम साफै छ। हाल कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिन सक्छ। बाँकी स्थानहरूमा मौसम सामान्य रूपमा खुला रहनेछ। राति पनि देशभर आकाश प्राय: सफै रहने अनुमान गरिएको छ।
चिसो भने थप बढ्दै गएको छ। काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
Post Views: 7,291






