१६ मंसिर, काठमाडौं – चाँदीको मूल्य पछिल्ला तीन दिनदेखि लगातार बढ्दै नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ। मंगलबार पनि चाँदी प्रतितोला १० रुपैयाँले बढेर ३,५४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमबार चाँदी ३,५३५ रुपैयाँमा कारोबार भएको थियो, भने आइतबार ३,४९० रुपैयाँमा पुगेकाे मूल्यले अघिल्लो असोज ३१ गतेको उच्च रेकर्ड तोडेकाे थियो।
यसका विपरित, सुनको मूल्य भने सामान्य रूपमा घटेको छ। अघिल्लो दिनको तुलनामा आज प्रतितोला ३०० रुपैयाँले घट्दै सुनको दर २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन असोज ३१ गते हालसम्मकै उच्च मूल्य प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
Post Views: 206






