रुकुम पश्चिममा जीप दुर्घटना: आठ जनाको मृत्यु, चालकसहित १० घाइते

Shares

८ कात्तिक, रुकुमपूर्व । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ झारमारे नजिक लिस्नेमा शुक्रबार बेलुका भएको जीप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो। दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।

मृतकमध्ये आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली, वडा नं. १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, वडा नं. २ की १७ वर्षीया मनिका वली, १८ वर्षीया सर्मिला बिक र २२ वर्षीय गोपाल वली रहेका छन्।

घाइतेहरूमा मुसीकोट नगरपालिका–२ का ३४ वर्षीय जीप चालक टोपजंग बुढा, १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता बिक छन्।

घाइतेमध्ये जुना बुढालाई गम्भीर अवस्थामा नेपालगञ्ज पठाइएको छ भने अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रा१ज ४२२ नम्बरको जीप जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिका–स्यालाखदीतर्फ जाँदै गर्दा बाँफिकोट र आठबिसकोटको सिमाना नजिक झारमारे लिस्नेको लेकमा दुर्घटनाग्रस्त भएको थियो।

प्रहरीका अनुसार जीप सडकबाट करिब ७ सय मिटर तल खसेको हो। क्षमताभन्दा बढी यात्रु रहेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.