व्यक्तिगत अधिविकर्ष कर्जा सीमा दोब्बर, अब १ करोड पुग्ने

Shares

१५ मंसिर, काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष (ओभरड्राफ्ट) कर्जाको सीमा दोब्बरले बढाउने निर्णय गरेको छ।

सोमबार सार्वजनिक गरिएको २०८२/८३ आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा, व्यक्तिगत अधिविकर्ष कर्जाको हालको ५० लाखको सीमा बढाएर १ करोड रुपैयाँ पुर्‍याउने नीति अपनाइएको उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार कर्जा पहुँच विस्तार र वित्तीय सहजीकरणलाई लक्षित गर्दै अधिविकर्ष कर्जाको सीमा वृद्धि गरिएको हो।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.