ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

कतार फुटबल संघले एन्फालाई पठायो प्रो लाइसेन्स प्रशिक्षक
  • हजुरकाे पाेष्ट

  • नेपालले प्रो लाइसेन्स प्रशिक्षक पाएको छ । कतार फुटबल फेडेरेसनसंग भउको एमओयु अनुसार कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो लाइसेन्स कोच/एएफसी कोचिङ इन्स्ट्रक्टर पाएको हो ।

    कतार फुटबल फेडेरेसनले नेपाललाई कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नेपाल पठाएको हो । एन्फाका अनुसार अब उनले एन्फाको कोचिङ डिपार्टमेन्टमा सहयोग गर्नेछन् ।

    एन्फा प्रवक्ता किरण राईले कतारसंगको विभिन्न सम्झौता अनुसार कोच पनि पठाउने सहमति भए अनुसार उनी नेपाल आएको बताए । ‘उनले अब नेपालमा कोचिङ डेभलपमेन्टमा काम गर्नेछन् ।’

    अब्दुल्लाहले यसअघि कतारको अल शाहनी फुटबल क्लब यू-२३ र किर्गिस्तान यू-१७ टिमसंग काम गरिसकेका छन् । यस्तै साउदी अरेबिया र कुवेतको क्लबमा पनि काम गरिसकेका छन् ।

    अब अब्दुल्लाहले यही चैत १० गतेदेखि त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालको खेल अवलोकन गर्नेछन् । उनी शुक्रबार नेपाल आइपुगेका हुन् । उनको सम्झौता अहिलेलाई १ वर्षको भएको एन्फा स्रोतले जनाएको छ । अब्दुल्लाह सोल्टी होटलमा बसेका छन् ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech