अर्घाखाँची-कोभिड १९ दोस्रो भेरियन्टले हाल देशभर महामारीको रुप लिइरहेको छ । विरामीहरु अस्पताल पुग्न सकिरहेका छैनन् । पुगेपनि अक्सिजन लगायतका अन्य सामग्रीको अभाव खटकिरहेको छ ।
साना शाहरका अस्पतालमा त झन विरामीले आशा गर्ने कुनै ठाउँनै छैन। तर पनि यस्तो महामारीका बिच अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम प्रदेश सरकारसंग हारगुहार गर्न पुग्नु भयो त्यहाँ बाट कुनै उपलव्धि हुने नदेखेपछि उहाँ केही दिन काठमाण्डौँमा बसेरै भए पनि अक्सिजन र आइसोलेशनका लागि आवश्यक उपकरण र यन्त्र सामाग्रीहरू लिएर जिल्ला अस्पताल अर्घाखाँची आउनु भएको छ ।
अस्पताल स्रोतका अनुसार काठमान्डौं र बुटवलका निजि क्षेत्रसंग सहयोग मागी ३० ओटा अक्सिजनका सिलिन्डर ल्याउनु भएको छ । ४ ओटा अक्सिजनको सिलिन्डर अर्घाखाँची सिमेन्ट पा.लि ले सहयोग गरेको छ ।
यो संगै अबको केहि दिनै अक्सिजन सहितको आइसोलेशन जडान हुदै छ ।
उहाँको यो कामको जिल्लावासीहरुले सामाजिक संजाल मार्फत प्रशंसा व्यक्त गरिरहेका छन्।
जिल्लामा आईसीयू सञ्चालनको लागि प्रदेश र केन्द्र सरकार संग सामग्री माग समेत गर्नु भएको अस्पताल स्रोतले जनाएको छ ।