मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, सामाजिक नेतृत्व हातलाग्ने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ, मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामान्य काम गर्दा पनि निकै मिहिनेत पर्नेछ, अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ,।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला, कामको चाप बढ्नेछ तर शरीर कमजोर बन्नेछ। तत्काल चुनाैती देखिए पनि अवसर खाेज्ने समय छ,अार्थिक लाभ धेरै नभए पनि काम गर्न सकिनेछ, शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा अलि सजग रहनुहोला।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ, व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ योजनातर्फ अग्रसर भइनेछ, अरूको विश्वास जित्न केही समय लागे पनि दिर्घकालिन फाइदा हुने काम हात लाग्ने छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ, शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। साहसद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्य प्रतिकुल हुँदा काममा ढिलासुस्ती हुन सक्छ अप्रिय समाचारले मनमा खिन्नता बढ्न सक्छ। अध्ययन र व्यापारमा पछि परिने समय छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्, अरूको विश्वास गर्दा धोका पाइनेछ ,कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी खटिनु पर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन् , हडबडीले समस्या निम्त्याउन सक्छ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन् , प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मेहनत गर्दा कार्य सफल हुनेछन , प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ, थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिबद्धता पुरागर्न नसक्दा अरूले आलोचना गर्न सक्छन् , आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। खर्च बढ्नाले अार्थिक अभाव हुनेछ ,अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ, भेटघाटमा अलमलिनाले आँटेका काममा अवराेध हुनेछ,तथापि मेहनत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ, बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च बढ्नुका कारण आर्थिक अभाव देखा पर्ने समय छ, तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान होला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।समयमै होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आम्दानी बढ्नाले उत्साह जाग्नेछ, श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ, छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले गर्दा लक्ष्य प्राप्ति हुनेछ।