ब्रेकिङ
बाँकेमा काेराेना सङ्क्रमणबाट थप ८ जनाको  ज्यान गयाे ।
  • हजुरकाे पाेष्ट

  • बाँके –
    बाँकेमा काेराेना सङ्क्रमणबाट थप ८ जनाको ज्यान गएकाे छ ।

    जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार काेराेना सङ्क्रमणबाट खजुरा-७ की ३२ वर्षीया महिला, खजुरा-२ का ३२ वर्षीय पुरुष, नेपालगञ्ज-१ का ६६ वर्षीय पुरुष, ३ का ५१ वर्षीय पुरुष, बर्दिया बढैयाताल-८ का ४७ वर्षीय पुरुषको भेरी अस्पतालमा हिजाे राति ज्यान गएकाे हाे ।

    यस्तै बाँकेको कोहलपुर-१५ का ६० वर्षीय पुरुष, बैजनाथकी ६० वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमा र नेपालगञ्ज-५ का ४८ वर्षीय पुरुषको शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएकाे हाे । काेराेना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म १३६ जनाको ज्यान गइसकेकाे छ ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech