बैशाख १९ – संबिधानसभा अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लुम्बिनी प्रदेशकी सांसद बिमला खत्री ओली माओवादी प्रवेश गरे सांसद पद खारेज हुने प्रष्ट पार्नुभएको छ । सर्वाेच्च अदालतको फैसलापछि पनि ओली लगातार एमालेको बैठकमा सहभागी भइ हस्ताक्षर गरेको र एमाले अध्यक्ष केपी शर्मा ओलीको अस्ताक्षरमा सूर्य चिन्हबाट जितेको कारण माओवादी प्रवेश गरे सांसद पद जाने ठोकुवा नेम्वाङले गर्नुभएको हो ।
सर्वोच्च अदालतबाट एमाले र माओवादी ब्युँतिएसँगै उपचुनावमा जितेका जनप्रतिनिधिको हैसियत के हुने भन्ने विवादको न्यायिक निरुपण भइसकेको छैन । पार्टी साविकको ठाउँमा पुगेसँगै पूर्वमाओवादीहरू माओवादीतिरै र पूर्वएमालेहरू एमालेतिरै रहेका छन । नेकपाताका चुनाव जितेका नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, विद्या भट्टराईहरूसँगै बिमला पनि उपचुनावबाट निर्वाचित हुनुभएको हो । अहिले श्रेष्ठ माओवादीको प्रवक्ता हुनुहुन्छ भने विद्या भट्टराई र विमला एमालेकै दलका बैठकमा सहभागी हुनुभएको थियो । नेम्वाङले विमला खत्री सूर्य चिन्हधारी सांसद रहेको र उनले फागुन २३ यता पनि लगातार एमाले संसदीय दलको बैठकमा उपस्थित भएर हस्ताक्षर गरेको कुरा नै प्रमाणित तथ्य हुने प्रष्ट पार्नुभयो