ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

कोरोना: मानव समुदायको लागि शिक्षा ।
  • जायदा खातुन, अर्घाखाँची । 

  • भनिन्छ, अन्यायको मैदानमा न्यायको एउटा शब्द बोल्नु पनि युद्ध हो ।  इतिहासमा कैयौं महान् योद्धाहरु छन्, जसले कलमबाट शान्तिपूर्ण ढंगले युद्ध लडेर क्रान्ति ल्याएका छन् । वर्तमान विश्व समुदाय कोरोना भाइरससँग तेस्रो विश्वयुद्ध लडिरहेको छ । कोभिड–१९ कोरोना भाइरसँगको जीवनमरणको यो भयानक संघर्ष एउटा अदृश्य युद्ध नै हो । युद्धको पछाडि विशेष पृष्ठभूमि र कारणहरु हुने गर्दछन् । यसबाट प्रशस्त परिणामहरु पनि निस्कन्छन् ।
    आर्कड्युक र सोफियाको हत्याले निम्त्याएको प्रथम विश्वयुद्धले प्राचीन आदर्श र भौतिक स्वार्थ–युगलाई जन्माएको थियो । जर्मनीले पोल्याण्डमाथि आक्रमण गर्दा निम्तिएको दोस्रो विश्वयुद्धमा करीब दुई करोड २० लाख मानिसको मृत्यु भएको थियो । अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा अणुबम खसाल्दा करीब एक लाख ६० हजार मानिसको मृत्यु भएको थियो ।
    जर्मनीका शासक हिटलरले ‘प्रेम होइन, युद्ध गर’ भन्नुको सट्टा ‘प्रेम गर्नु महान् योद्धाको काम हो’ भनेको भए शायद युद्धलाई शक्तिको दुरुपयोगको साधनको रुपमा हेरिँदैन थियो होला । मान्छेको मासु खाने इटलीका मुसोलिनीले साना र दुर्वल राष्ट्रहरुलाई यस संसारमा रहने अधिकार छैन भनेका थिए । यस्ता बिविध कारणहरु थिए, जसले विश्वयुद्ध निम्त्याएको थियो । आज मानव सभ्यता नै कोरोना भाइरससँग संघर्ष गरिरहेको छ । यसको पछाडि पनि भौतिक वा जैविक कारण अवश्य छ । र, एउटा सूूक्ष्म जीवाणु र मानव सभ्यताबीचको यस द्वन्द्वात्मक परिस्थितिले केही परिणामहरु अवश्य ल्याउला ।
    हामी यस्तो आधुनिक विज्ञान र प्रविधिको युगमा छौं, जहाँ मानव निर्मित उपग्रह र स्वयं मानिस अन्तरिक्षमा प्रवेश गरिसकेको छ । जहाँ चन्द्रमामा मानवजातिको बस्ती बसाउन ओल्गा शहरको परियोजना डिजाइन गरिसकेको छ । हामी त्यो युगमा छौं, जहाँ ब्ल्याकहोलको तस्वीर सार्वजनिक भइसकेको छ, समुन्द्रमुनी भवन निर्माण गरिसकिएको छ । विज्ञान र प्रविधिको विकासले विश्व एउटा परिवारमा सीमित भइसकेको छ । तर, विकासको जतिसुकै चरम चुलीमा पुगे पनि मानव समाजको नैतिक मूल्य र मान्यतामा ठूूलो ह्रास आइसकेको छ । सांसारिक मोहमा लिप्त हुँदै गएको छ मानव समाज । आजको मानिस बौद्धिक रुपले जति सक्षम छ, व्यवहारिक र आत्मिक रुपमा भने त्यति नै असक्षम भएको छ ।

    शरीरको ब्लड चेक र तापक्रम मापन गर्न सक्ने स्थानमा आइपुग्दा मान्छेकै मनको भावना बुझ्न नसक्ने भएको छ आजको मानव । अरूको विकासमा जति आलोचना गर्छ, त्यति नै आफ्नै खुबी चिन्न नसक्ने बुद्धिहीन भएको छ मानव । जति धेरै शिक्षा र ज्ञानमा बढोत्तरी भएको छ, त्यति नै विवेक र चेतनामा कमी आएको छ ।


    युग जति विज्ञान र प्रविधिमय बनेको छ, त्यति नै निर्दयी र विवश भएको छ । सुविधामय जीवनको लागि जति मेहेनत गरेको छ, मान्छेले सन्तुष्टमय जीवन बनाउन त्यति नै अल्छि साबित भएको छ । लाखौं खोज, अनुसन्धान र आविष्कार गरेको मानवले आज बाच्नको लागि कारण भेटाउँदैन  । वास्तवमा कोरोना महामारीले वर्तमान विश्व समुदायका धेरै यथार्थहरूलाई परिवर्तन गरिदिएको छ ।


    अन्टार्टिकाका केही भूभागसमेत कब्जामा ल्याइसकेको छ मानवले । मानव भएर मानवतालाई भुल्दै गएको छ मानव समाज । मानिस पारिवारिक, सामाजिक, राष्ट्रिय, वैश्यिक, नैतिक तथा धार्मिक जिम्मेवारीबाट टाढा भाग्दैछ । दोस्रो विश्वयुद्धपछि विश्वशान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ र अन्य क्षेत्रीय संगठनहरु स्थापित भई अन्तर्राष्ट्रिय सहयोगमा वृद्धि भए पनि अन्याय, अत्याचार, धर्मको जगमा द्वैष, भ्रम सिर्जना गर्ने काम, प्रपोगण्डा, शक्ति तथा धनको दुरुपयोग, हत्या, हिंसा, दमन वर्तमान समयका विशेषताहरु हुन् । मानव समाजले नैतिकता गुमाएको यस पृष्ठभूमिमा चन्द्रमालाई छुन सक्ने हैसियत राख्ने मान्छे आफ्नो छिमेकीको अवस्थाबाट अञ्जान छ । उसको छिमेकी भोको पेट छ कि खाना खाएको छ, जीउमा बस्त्र छ कि छैन भन्ने उसलाई थाहा छैन । हो, नैतिकता भुलेको मानव समुदायलाई कोभिड–१९ ले राम्रै पाठ सिकायो ।

     

    पर्लहार्वरमा आक्रमण गरेर १९ वटा जहाज ध्वस्त गर्न सहज थियो । अणुबम बिष्फोट गरेर लाखौं मानिसको ज्यान लिएर शक्तिशाली राष्ट्रको रुपमा उदय हुन सहज थियो । राजा वीरेन्द्र परिवार, बेनजिर भुट्टो, महात्मा गान्धीलाई हत्या गर्न सहज थियो । इरानका जनरल कासिम सुलेमानीलाई ड्रोन आक्रमण गर्न सहज थियो । सद्दाम हुसैनलाई फाँसीमा दिनु सजिलो थियो ।

    प्रकृति, पशुपंक्षी र पृथ्वीका विविध वातावरणहरुको दुरुपयोग गर्न सजिलो छ । निर्दाेष जनता, महिला र बालबालिकाहरुलाई घरबार तथा राज्यविहीन बनाएर अन्य देशको शरणमा पु-याउन सहज थियो । वैज्ञानिक अल्वर्ट आइन्सटाइन जस्ता महान् वैज्ञानिकलाई समेत पाँच वर्ष राज्यविहीन बनाइएकै हो । सूर्यको वरिपरि पृथ्वी लगायतका ग्रहहरु परिक्रमा गर्छन् भन्दा वैज्ञानिक ग्यालिलियो ग्यालिलीलाई ७० वर्षको उमेरमा जेल पु-याइएको थियो ।

    आदिमकालमा  सूर्य, चन्द्रको पूजा गरिन्थ्यो । मान्छेलाई देवता मान्ने अनि सूर्य, चन्द्र लगायतका प्राकृतिक पिण्डहरुको पूजा गर्ने मान्छे आज आधुनिक युगमा आइपुग्दा पूजा होइन, प्रकृतिमाथि प्रभूत्व जमाएर प्रदुषण फैलाउने काम गर्दैछ, कुकर्म गर्दैछ ।


    यसको प्रतिफल पटक–पटक ऊ भूकम्प, सुनामी, आँधी, आगलागी जस्ता विभिन्न प्राकृतिक विपद् र कहिले प्लेगको नामले, कहिले स्वाइन फ्लूको नामले, कहिले एसियन फ्लूको नामले, कहिले डेंगुको नामले, कहिले सार्सको नामले र कहिले कोरोनाको नामले एउटा सूूक्ष्म जीवाणुले फैलाएको प्रकोपको सामना गरिरहेको छ । कोरोना भाइरससँगको लडाइमा यदि हामी आफैँ आफ्नो शरीर वा स्वास्थ्यको सुरक्षामा संयमता साथ लागिप¥यौं भने अवश्य जित हुनेछ । मानिसको लापरवाही वा हेलचेक्र्याइ गर्छ भने यही सूक्ष्म कोरोनाले यस मानव सभ्यतालाई सदाको लागि बिनास पनि गरिदिन सक्छ ।
    कोरोना भाइरसको यो महामारीले माध्यमले वर्तमान विज्ञान र प्रविधिको युुगलाई चुनौती दिँदै विश्व समुदायलाई शान्ति, एकता र मानवतावादको बाटो देखाएको छ । अब महाशक्ति बन्ने होडबाजी छोडेर मानव मानवको मित्र बन्न सिकाएको छ । शक्तिको होडबाजीलाई तिलाञ्जली दिएर सारा मानव समुदाय एउटै परिवार हो, अब उप्रान्त पनि मिलेर बस्नुपर्छ भन्ने शिक्षा दिएको छ । मात्र हामीले यसलाई बुझ्न सक्नुपर्छ ।
                                                 जायदा खातुन, अर्घाखाँची । 
  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech