मेरो धर्ति धर्मराउन थाल्यो फेरि एकपल्ट ,
मनमा आगो भर्भराउन थाल्यो फेरि एकपल्ट ।।
आमाले नै छोरिको कुमारित्व लुटाउँदैछिन ,
ठुलै घाउ चर्चराउन थाल्यो फेरि एकपल्ट ।।१।।आमाको रुप कागजमा लेख्न सकिँदैन ,
मातृत्वलाई बाहिरबाट देख्न सकिँदैन ।।
आमाको ममतामा सँसार अडेको छ ,
मातृबिना पृथ्बिमा टेक्न सकिँदैन ।।२।।मानबता हराएर घिसार्दछ समयले
आत्मै भित्र डराएर घिसार्दछ समयले ।।
मान्छे नामको प्राणीँ आफैभित्र पिडित छ ,
असक्षम गराएर घिसार्दछ समयले ।।३।।दिन ओबानो रात ओसिलो नियम प्रकृतिको
पिज्जा भन्दा साग पोशिलो नियम प्रकृतिको ।।
जे हुन्छ प्राकृतिक त्यहि स्वस्थ फुर्तिलोनि ,
बाख्रा भन्दा बाघ जोसिलो नियम प्रकृतिको ।।४।।मनै उकुस मुकुस हुन्छ आईदिँदा तिमि ,
मन सँगै सर्बाअँङ्गमा छाईदिँदा तिमि ।।
आत्मा सबै समर्पण तिमितिरै हुन्छ ,
कोईलि सरि मिठासले गाईदिँदा तिमि ।।५।।दबाउनेले दबाउँदैमा हटदैन बिदुर ,
कुबिचारि सत्रुबाट घटदैन बिदुर ।।
स्वाभिमान चुक्न कहिलै दिदैन ,
कुसँकार दिमागमा रट्दैन बिदुर ।।६।।