बैशाख २१,झापा –
झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ्ग लागेर ज्यान गएकाे छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमवार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा चट्याङ्ग लागेर उनी घाइते भएका थिए ।
तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले उनकाे ज्यान गइसकेको जानकारी गराएका थिए।
मृतक प्रहरी सहायक निरीक्षक ठाकुर सहितकाे टोली साइकल गस्तीमा निस्किएको थियो ।