ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

प्रचण्ड र देउवाबीच छलफल, ओलीको रणनीतिबारे छलफल ।
  • हजुरकाे पाेष्ट

  • २१ बैशाख,काठमाडौं ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद भएको छ ।

    बूढानीलकण्ठ स्रोतका अनुसार सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको थियो ।

    सोमबार काँग्रेस पदाधिकारी बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको हो ।

    टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो । साथै, लम्बिनी प्रदेशमा देखिएको राजनीतिक संकटका विषयमा पनि छलफल केन्द्रित भएको स्रोतले रातोपाटीलाई जनाएको छ ।

    स्रोतले प्रचण्डको भनाइ उद्धृत गर्दै भन्यो, ‘अविश्वासको प्रस्ताव दर्ताका लागि हामी जोड दिँदा पनि तपाईंले अविश्वास र आशंका मात्र गर्नुभयो, अब केपी ओलीजी आफै विश्वासको मत दिनु तम्सिनुभयो । अब हाम्रो रणनीति के हुन्छ ?

    स्रोतका अनुसार जवाफमा देउवाले मंगलबार (आज) दिउँसो २ बजेपछि बस्ने पार्टी पदाधिकारी बैठकपछि थप छलफलमा गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

    प्रचण्डले निर्धक्कका साथ ओलीको विकल्पका रुपमा खडा हुन देउवालाई आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने कुरा सँगसँगै आगामी रणनीति तय गर्र्न देउवालाई प्रचण्डले आग्रह गरेको स्रोतले बतायो ।

    यसैवीच आजै पार्टी पदाधिकारी तथा संसदीय फाँटका पदाधिकारी र शीर्षस्थ नेतासँग देउवाले छलफल गर्दैछन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा आजको पदाधिकारी बैठकमा छलफल हुने बताए ।

    पदाधिकारी बैठकपछि देउवाले ओली इत्तर कित्तामा देखिएका राजनीतिक दलका नेताहरुसँग संवाद गर्ने बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवासँग निरन्तर संवादमै रहेको पाइएको छ ।

    जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा दुई मत देखिँदा यादव नयाँ सरकार निर्माणका लागि अग्रसर देखिएका छन् । यादवले अविश्वासको प्रस्तावका लागि देउवा अग्रसर भए तत्कालै १९ जना सांसद हस्ताक्षर गर्न तयार रहेको जनाकारी दिएको बुझिएको छ ।

    देउवा र प्रचण्डले एमाले नेता माधव नेपालसँग २७ गतेअघि नै गम्भीर वार्ता गर्न पनि अध्यक्ष यादवले सुझाएको स्रोतको भनाइ छ ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech