२१,बैशाख,काठमाडौं ।
कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज आज बंगलादेशबाट काठमाडौं ल्याइसकिएकाे छ ।
औषधी व्यवस्था विभागका अनुसार आजैदेखि उक्त औषधीको वितरण सुरु गरिने छ । विभागका प्रवक्ताले थप डोज भोलि नेपाल आइपुग्ने जानकारी दिए ।
कोभिड संक्रमित बढ्दै गएको र उक्त औषधीको माग पनि वृद्धि हुन थालेपछि नेपाल ल्याइएको विभागले जनाएको छ । दिउँसो ३ बजेदेखि औषधीको वितरण सुरु गरिने समेत जानकारी दिए ।
उक्त औषधीलाई काठमाडौं र प्रदेशस्थित कोभिड अस्पतालमा पठाउने तयारी भैरहेको उनले जानकारी दिए । नेपालस्थित आधिकारिक आयातकर्ताको पहलमा औषधी ल्याइएको जानकारी दिए ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शनिबार केही दिनभित्रै कोभिडका लागि चाहिने अत्यावश्यक औषधी काठमाडौं आइपुग्ने बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार देशवासीको नाममा सम्बोधन गर्दै चीन र रुसबाट खोप ल्याउन खरिद प्रक्रिया सुरु गरिएको बताएका थिए ।