काठमाडौं । विश्वमानै महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसले नेपालमा पनि ब्यापक रूपमा संक्रमण फैलिएकाे छ र संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर बढ्दै गएको छ ।
बुधबार ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । २० हजार ७५६ पीसीआर परीक्षण गर्दा ८ हजार ६०५ जना र ६१६ एन्टीजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ ।