ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

सरकारले अक्सिजनको ब्यवस्था नमिलाईदिए कोरोनाका थप बिरामीको उपचार गर्न नसक्ने ,नेपालगञ्ज मेडिकल कलेजकाे भनाइ ।
  • हजुरकाे पाेष्ट

  • बुटवल , १३५ बेडको कोरोना वार्ड बनाएर कोरोना संक्रमितको उपचार गराईरहेको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले सरकारले अक्सिजनको ब्यवस्था नमिलाईदिए कोरोनाका थप बिरामीको उपचार गर्न नसक्ने जनाएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएको र भारतबाट अक्सिजन आपुर्ति हुन नसकेका कारण थप संक्रमित भर्ना गर्न नसक्ने अस्पतालले जनाएको छ ।

    नेपाल मेडिकल कलेजका प्रवन्ध संचालक डा. सुरेश कुमार कनोडियाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको बताएका छन् ।

    शिक्षण अस्पतालले ३ दिन अगाडि आपतकालिन बाहेकका अन्य उपचार बन्द गरेर ३ सय शय्यासम्मको कोभिड अस्पताल संचालन गर्ने घोषणा गरेको थियो ।

    ‘अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट तथा अक्सिजन सिलसन्डिरबाट कोभिडका बिरामीको उपचार भइरहेको थियो । सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोनाका बिरामी भर्ना गर्न असमर्थ रहेको कुरा दुःखका साथ सार्वजनिक रुपमा सबैलाई जानकारी गराउन चाहन्छौं,’ डा. कनोडियाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    शिक्षण अस्पतालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकासमेत कोरोना संक्रमित बिरामीको चाप हुने भएकाले कोरोनाका लागि हरेक पाँच दिनमा एउटा लिक्विड ट्याङ्क वा दैनिक आठ सय अक्सिजन सिलिन्डरको आवश्यकता पर्ने अस्पतालले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    कोरोनाका बिरामीको उपचार गर्न यथाशीघ्र उक्त परिमाणको अक्सिजन उपलब्ध गराइदिन अस्पतालले सरकारसँग मागसमेत गरेको छ ।

    अस्पतालमा हाल १३३ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech