मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् , सहयोगीहरू पछि हट्न सक्छन्। दिनकाे उत्तरार्धमा अरूका लागि बुद्धि खर्चनुपर्ला। मेहनत अनुसारकाे प्रतिफल हात नलागे पनि प्रयत्न गर्दा काम बन्नेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ, मिष्ठान्न भाेजन प्राप्त हुनसक्छ । प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। दिनकाे उत्तरार्धमा भने स्वास्थ्यमा प्रतिकुलता अाउला । परिस्थितिवश अवसरबाट भने वञ्चित भइएला। दिनभर परिस्थिति अनुकूल रहे पनि काममा बढी समय लाग्नेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। दिनकाे उत्तरार्धमा सुधार आउनेछ भने रमाइलो यात्रा हुन सक्छ। आम्दानी बढाउने काम पनि सुरु गर्न सकिनेछ। प्रेम र मित्रता प्रघाढ हुनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अाज सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। तपाँइकाे साहसले सजिलै अाँटेका काम पुराहुनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। साँझतिर प्रतिस्पर्धा गर्नुपरे पनि दिगो फाइदा हुने काम सम्पादन हुनेछ। तर हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तपाँइलाइ अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावले कर्मयोग बलियाे हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। साँझदेखि पहिलेका कमजोरी सुधार गर्ने मौका छ। महत्त्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ।काम दोहोर्याउनुपरे पनि दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिने छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। दिनकाे उत्तरार्धमा सुधार आउनाले आँटेको काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। पशुधन र जमिनबाट लाभ उठाउन सकिनेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
बोली र विचारका प्रशंसकहरू बढ्नेछन्बु ,बुद्धिको प्रयाेगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। लगनशीलताले मान सम्मान,उपहार तथा हार्थिक लाभ हातपर्ने छ। साँझतिर प्रतिस्पर्धी बढ्नेछन् भने सहयोगीहरू टाढिन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ ,मेहनतले मानसम्मान दिलाउनेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साथीभाइको आगमनले दिन रमाइलाे हुनेछ , जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ, बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। नियमित कामले पनि आम्दानी बढ्नेछ। समग्रमा तपाँइकने अाजकाे दिन राम्राे रहने छ ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ , सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। साँझतिर रमाइलो जमघट र खानपानको आनन्द प्राप्त हुनेछ , व्यक्तित्वमा निखारता आउनेछ। नयाँ अवसरले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन केही समय लाग्नेछ। दिनकाे उत्तरार्धमा खर्चिलो काम गर्नुपर्ने छ र अार्थिक अभाव हुनेछ ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
बाेलिमा ध्यान नदिदा अनाबस्यक अाराेप लाग्न सक्छ। आफ्ना काम नबन्नाले मन खिन्न हुनेछअरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएको काम बन्नेछ र उत्साह जगाउनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मित्रजनकाे सहयाेगले राम्रो फाइदा हुने छ , भाग्यले विभिन्न अवसर जुराउने छ। तपाँइकाे राम्राे कामले अरूको मन लोभ्याउने छ। प्रयत्न गर्दा नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। आँटेको काम बन्नेछ। साँझदेखि प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। व्यवसायले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ।