ब्रेकिङ

लुम्बिनी वल्ड स्कुल मधाैलीयामा सरस्वती पुजा तथा पुस्तक प्रर्दशनी सम्पन्न ।

देवदह नगर अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच सम्झौता,देवदह बासीमा खुसियाली ।

पब्लिक माध्यमिक विद्यालय सियारीकाे स्वर्ण महोत्सव विविध कार्यक्रम तथा सम्मान गर्दै गर्याे समापन

देवदह नगरपालिकाले विद्यालयहरूलाई पुर्ण बालमैत्री विद्यालयमा रूपान्तर गर्न अनुगमन कार्यलाई तिब्रता पार्दै ।

प्रेम प्रसादको सम्झनामा गोल्डेन जुब्लीले गर्यो श्रद्धाञ्जली सभा

मणिवाला सर्प भन्दै दाङमा सुन र नगद ठगी : एक जना पक्राउ, दुई जनाको खोजी चल्दै

पब्लिक मा.वि छपियामा स्वर्ण महाेत्सवकाे अवसरमा आजिवन सदस्य सम्मान कार्यक्रम सम्पन्न

अक्सफोर्ड मा. वि बुटवलमा आधारभूत तहको पुरस्कार वितरण एक समारोहकाबीच सम्पन्न ।

बाजुरा केन्द्रविन्दु भएर पाँच दशमलव ९ रेक्टर स्केलको भूकम्प

१० संसदीय विशेष समितिको सिफारिस : संघमा १५ वटा मन्त्रालय, प्रदेशमा न्यूनतम ५ मन्त्री

एम्बुलेन्स अभावः तिलोत्तमाका मेयर र उपमेयरले दिए आफ्नो गाडी ।

आजबाट तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुने ।

  • हजुरकाे पाेष्ट

  • रुपन्देही ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।

    नगरपालिकामा कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीहरू क्रमस लु १ झ ३६० नम्बर र ३२६ नम्बरको स्कार्पियो गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको र यी दुवै गाडीहरु आजबाट तिलोत्तमाका सर्वसाधारणको उपचारका लागि प्रयोग हुने नगर प्रमुख बासुदेव घिमिरेले हजुरकाे पाेष्टलाइ बताए ।

    ‘नागरिक एम्बुलेन्स नपाएर घरमै छटपटाइरहँदा उहांहरुकै करबाट किनिएको सरकारी गाडी चढेर हिड्न हामीलाई नैतिकताले दिएन,’ उनले भने– ‘नगरवासीहरु उपचारका लागि अस्पताल पुग्न नसक्ने अवस्थामा हामी गाडी चढेर के गर्ने ? त्यसैले हामी चढने गाडी एम्वुलेन्स बनायौंं ।’

    गाडीमा सिट र अक्सिजन सिलिण्डर व्यवस्थापन भइरहेको घिमिरेले जानकारी दिए । नगरपालिकाले यसअघि वडा नं. १ शंकरनगर बनबाटिकामा रहेको स्वास्थ्यचौकीलाई अन्यत्र व्यवस्थापन गरी अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा संचालनमा ल्याइसकेको छ ।

    तिलोत्तमा नगरपालिका रुपन्देहीको बुटवल उपमहानगरपछि सबैभन्दा धेरै संक्रमित भेटिएको पालिका हो । तिलोत्तमामा १ हजार ६ सय सक्रिय संक्रमित छन् । अहिले ४० शय्याको आएसोलेसन अस्पताल रहेको तर त्यसले नथेगेपछि केही दिनमा ६० शय्याको बनाउन लागिएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech