बुटवल, २३ रुपन्देहीको चौराहमा रहेको चौराह हस्पिटललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिने भएको छ । कालिकानगरमा रहेको चौराह अस्पताललाई कोभिड अस्पताल बनाउने सहमती भएको लुम्विनी प्रदेशसभा सदस्य बिष्णु पन्थीले जानकारी गराएका छन ।
ट्रमा अस्पतालको रुपमा सन्चालन भएको उक्त अस्पताललाई कोभिड अस्पतालको रुपमा सन्चालन गर्ने र आवश्यक अक्सिजनको ब्यवस्थापन प्रदेशसभा सदस्य तथा एमाले नेता बिष्णु पन्थीले जिम्मा लिने सहमति भएकाे अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले बताएका छन् ।
दुर्घटनाका घाईतेहरुको उपचार गर्दै आएको चाैराहा अस्पतालमा ६ बेड आईसियु ६ बेड एचडियु र ८ बेड जनरल वार्ड बनाउने तयारि भएकाे अध्यक्ष सुदन ज्ञवालीले जानकारी दिएका छन् ।साथै कोभिडका बिरामीहरुको उपचार सूरु गर्न भने अझै केही दिन लाग्ने जानकारी दिएका छन्् ।