ब्रेकिङ

नेपाल राष्ट्रिय शिक्षक सगठन रूपन्देहीकाे २०आैं जिल्ला परिषद, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सपन्न

बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत

वृहत नागरिक आन्दोलनले भन्यो : भण्डारीबाट गणतन्त्रमाथि नै जोखिम

बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गरिने

राष्ट्रिय स्वतन्त्र पार्टीले भन्यो : राष्ट्रपतिको असंवैधानिक कदममा संसद् पनि दोषी

इन्टरनेट प्याकेजमा टिभीसहित अन्य सेवा ‘बन्डलिङ’ गर्न रोक

अक्सफोर्ड मा.वि बुटवलद्वारा शिक्षक तथा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह

एमाले सचिवालय बैठक बस्दै

१० जबरामाथि महाअभियोग लगाउने समितिको प्रतिवेदनमा एमाले र लोसपाको फरक मत

मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति घाइते
  • हजुरकाे पाेष्ट

  • मालदिभ्समा भएको विष्फोटमा पूर्वराष्ट्रपति घाइते

    २४ वैशाख, काठमाडौं ।
    मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ ।

    राजधानी मालेको निलोआफरु मागु इलाकामा भएको विष्फोटमा पूर्वराष्ट्रपति नाशिद घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको घर बाहिर विष्फोट भएको थियो । उनी कारमा चढ्न लाग्दा विष्फोट भएको बताइएको छ ।

    उनको घर बाहिर पार्किङ गरेर राखिएका मोटरसाइकलमा विष्फोटक पदार्थ राखेर विष्फोट गराइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ ।

    ५३ वर्षीय नाशिद उपचाररत अस्पतालले उनलाई धेरै ठाउँमा चोट लागेको र स्वास्थ्य अवस्था स्थीर रहेको जनाएको छ ।

    मालदिभ्सका बहालवाला राष्ट्रपतिले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । विष्फोट उनैलाई लक्षित थियो कि थिएन भनेर आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । यद्यपि सत्तारुढ पार्टीका एक सांसदले उनलाई लक्षित गरेर बम विष्फोट गराइएको दाबी गरेको बीबीसीले जनाएको छ ।

    नाशिद उपचाररत अस्पताल बाहिर उनका समर्थकहरुको भिड लागेको छ । विष्फोटपछि स्थिति तनावपूर्ण बनेकाले दंगा प्रहरीको तैनाथी बढाइएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    मोहम्मद नाशिद मालदिभ्समा प्रजातान्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति हुन् । सन् २००८ मा बहुदलीय निर्वाचनमा विजयी भएर उनी राष्ट्रपति बनेका थिए । धार्मिक कट्टरपन्थीहरुविरुद्ध कडा आलोचकका रुपमा चिनिने उनलाई राष्ट्रपति बनेको चार वर्षपछि सैनिक विद्रोहमार्फत् सत्ताच्युत गरिएको थियो ।

    मालदिभ्स सुन्नी मुस्लिमहरुको बाहुल्यता भएको देश हो । १ हजार १ सय बढी टापुहरुको देश मालदिभ्स विश्वका आकर्षक पर्यटकीय गन्तव्यहरुमा पर्दछ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech