ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि बादल, देवकोटा र तामाङको उम्मेदवारी ।
  • हजुरकाे पाेष्ट

  • मकवानपुर – वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपचुनावका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ ।

    थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको छ । त्यस्तै देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थकमा नेपाली कांग्रेस प्रदेशका प्रमुख सचेतक राधा घले रहनुभएकाे छ । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ ।

    राष्ट्रिय सभा सदस्य उपचुनावमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहनुभएको छ ।

    एमाले प्रवेश गर्नुभएका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि पद रिक्त छ । रिक्त पदमा निर्वाचन आयोगले जेठ ६ गते उपचुनाव गर्न लागेको हो । वाग्मतीमा हुने राष्ट्रिय सभा उपचुनावमा एक सय १० जना प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ जना गरी तीन सय ४८ मतदाता रहेका छन् । प्रदेश सभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech