शुद्धाेधन २४, कोरोना भाइरस सङ्क्रमित तथा अरू बिरामीको उपचारका लागि स्रोत साधनको अभाव बढ्दै गएका बेला शुद्धाेधन गाउपालिकाका प्रमुख किशुनचन्द्र चाैधरी चढने बा २ झ ३४ ४४ नम्बरको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढेपछि गाडीकाे अभावले कसैकाे ज्यान जान नपराेस भनि अाफु चडने गाडि बिरामी बाेक्न प्रयाेग गरिने जानकारी दिनुभयाे । साथै शुद्धाेधन गाउ पालिकामा कोरोनाको कारणले मृत्यु भएमा शवको ब्यवस्थापनमा हुने खर्च पालिकाले व्यहोर्ने गाउपालिकाका प्रवक्ता राजेन्द्र कडेलले बताउनुभयो । साथै
५ बेडमा सञ्चालन भैराखेको मोतिपुर अस्थायी कोरोना अस्पताललाई स्तर उन्नती गरि १० बेडको रुपमा सञ्चालन गरिएको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मदन केसिले बताउनुभयो ।
अस्थायी कोरोना अस्पतालमा ४ वटा अक्सिजन सिलिन्डर रहेको कोरोनाका बिरामिलाइ २४ सै घन्टा सेवा दिइरहेको र अस्थायी कोरोना अस्पतालमा अहिलेसम्म २ जना सक्रमित सक्रमण मुक्त भै घर फर्किएका,२ जना बुटवल पठाइएको,२ जना जनाको अस्पतालमा उपचार भएको र एक जनाको अस्थायी अस्पतालमै मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिपिन भण्डारीले जानकारी दिनुभयो ।गाउँपालिका बाट कोरोना बिरामी देशको जुनसुकै हस्पिटल जान परेमा एम्बुलेन्स र गाडी भाडा नियम अनुसारको खर्च पालिकाले ब्यहोर्ने प्रवक्ता राजेन्द्र कडेलले बताउनुभयो ।