ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

कोरोना बिरुद्धको लडाइँमा एकजुट बनौ: मन्त्री आचार्य
  • शाेभाखर पन्थि

  • अर्घाखाँची / बैशाख :२४
    लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनाराणण आचार्यले कोरोना भाईरसका बिरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
    अर्घाखाँची अस्पतामा निर्माणाधीन एच.डि.यु.सेवाको अनुगमन गर्दै उहाँले जतिसक्दो छिटो सेवा संचालनको लागि अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो ।

    जिल्लामा हालसम्म आइ.सि.यु. र भेन्टिलेटर नहुँदा बिरामीलाई निक्कै सास्ती भएको भन्दै उहाँले तत्काल सेवा सुचारु गर्न आग्रह गर्नुभयो । कोभिड १९ का कारण अहिले मुलुकको जनजिवन प्रभावित भएको भन्दै यस्तो कठिन घडीमा सबैले आआफ्नो ठाउँ बाट सहयोग पुर्याउनु पर्ने उहाँको भनाई थियो । मन्त्री आचार्यले अस्पतालमा अक्सिजन र अन्य अत्यावश्यक उपकरणको अभाव हुन नदिन प्रदेश सरकार निरन्तर लागिपरेको भन्दै जनताको स्वास्थ्य प्रति आफुहरु सचेत रहेको बताउनुभयो ।

    उहाँले कठिन परिस्थितिमा अहोरात्र खटेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी ,सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरुको राज्यले उच्च मुल्यांकन गर्ने बताउँदै समाजमा अनावश्यक हल्ला फैलाई जनतालाई आतंकित पार्ने ,कृतिम अभाव सिर्जना गर्ने,कालाबजारी गर्ने र सर्वसाधारण जनतालाई एक वा अर्को बहानामा दु:ख दिनेलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभयो ।

    अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले भोलि देखि नै एच.डि.यु. सेवा संचालन गर्ने बताउनुभयो । उहाँले सरकारको २ करोड रुपैयाँको लागतमा १० बेडको एच.डि.यु.र २ भेन्टिलेटरको सेवा प्रदान गर्न लागेको भन्दै भेन्टिलेटरको लागि भने थप १/२ दिन लाग्ने बताउनुभयो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech