ब्रेकिङ

फुट्ने भयो जसपा, अलग हुन बाबुराम र उपेन्द्र सहमत

रुससँग लड्न थप सहयोग माग

८ वर्षपछि नेपाल फर्किए अरुणिमा लम्साल

निजगढमा विमानस्थल बनाउने कि नबनाउने : न्यायाधीशहरुबीच बाझियो मत (पूर्णपाठ)

नागरिकता सम्बन्धी विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाँण

अनावश्यक ढंगले जमिन प्लटिङ गर्दा अन्नबाली उत्पादनमा कमी आउन थाल्यो : ओली

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

१० निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

कोरोनाविरुद्धकाे खोप छिटो उपलब्ध गराइदिन राष्ट्र सङ्घलाई उपप्रधानमन्त्रीको आग्रह
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै –
    उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड–१९ विरुद्धकाे खोप सक्दो छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र सङ्घलाई अनुरोध गर्नुभएको छ ।

    नेपालमा रहेकाे संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग शुक्रवार (आज) भएको टेलिफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट पाउने कोभ्याक्स सुविधाअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

    ‘भाइरसको सङ्क्रमण रोक्ने एउटै मात्र उपाय भनेको खोप हो, त्यसकारण नेपालले कोभ्याक्स अन्तर्गत प्राप्त गर्ने खोपमा संयुक्त राष्ट्र सङ्घको सहजीकरणको अपेक्षा गरेको छ’, उपप्रधानमन्त्री पोखरेलले आग्रह गर्नुभयो, ‘यसका साथै भेन्टि​लेटर, पीपीई, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्तिलगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको छ ।’

    नेपालीलाई खोप सुविधा उपलब्ध गराउन नेपाल सरकारले कुटनीतिक पहल गरिरहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाविरुद्धकाे खोप विश्वकै नागरिकहरूको सार्वजनिक चासोको वस्तु हो भन्ने हामी विश्वास गर्छौँ, खोप कुन देशको हो भन्ने कुराले मानवीय ऐक्यबद्धतालाई असर गर्नु हुँदैन ।’

    जवाफमा संयुक्त राष्ट्र सङ्घकी नेपालमा रहेका संयोजक साराले आफ्नो तर्फबाट खोप ल्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सहयोगका लागि आवश्यक छलफल गर्न छिट्टै उपप्रधानमन्त्री पोखरेललाई भेट्ने चाहना पनि व्यक्त गर्नुभयो ।

    कोभ्याक्स अन्तर्गत नेपालले २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने कोभिशिल्ड खोप पाउनुपर्नेमा अहिलेसम्म तीन लाख ४८ हजार डोज मात्र प्राप्त गरेको छ । नेपाल सरकारले खरिद गरेको २० लाखमध्ये १० लाख डोज नेपाल आइसकेको छ भने बाँकी १० लाख डोज खोप अझै आउन बाँकी छ ।

    यसैगरी भारत सरकारबाट १० लाख डोज, भारतीय सेनामार्फत नेपाली सेनालाई एक लाख डोज र चीनबाट आठ लाख डोज खोप नेपालले प्राप्त गरेको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech