ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

बाइडेनले सत्ता सम्हालेपछि अमेरिका–रुस सम्बन्ध किन बिग्रियो ?
  • हजुरकाे पाेष्ट

  • रुस र अमेरिकाबीच बिग्रँदो सम्बन्धका बीच रुसले आफ्ना अमेरिकी राजदूतलाई फिर्ता बोलाएको छ । रुसले दुई देशबीच लगातार बिग्रँदै गएको सम्बन्धलाई लिएर परामर्श गर्नका लागि राजदूत फिर्ता बोलाएको बीबीसीले जनाएको छ ।

    रुसी सरकारले अमेरिकाबाट रुसी राजदूत अनातोली एन्टोनोभलाई मस्को फिर्ता बोलाइएको जनाएको छ । अहिले अमेरिका र रुसबीचको सम्बन्ध निकै बिग्रिएको छ ।

    खासमा अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चुनावमा गर्नुभएको कथित हस्तक्षेपको ‘मूल्य चुकाउनु पर्ने’ बताउनुभएको थियो ।

    एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा बाइडेनले रुसका राष्ट्रपति ‘एक हत्यारा’ भएको आफूले मान्ने गरेको बताउनुभएको थियो ।

    गएको नोभेम्बरमा अमेरिका भएको राष्ट्रपति चुनावमा पुटिनले एक ‘हस्तक्षेप अभियानको माध्यमबाट चुनावमा हस्तक्षेप गर्ने कोसिस गरेको’ भन्ने अमेरिकी जासुसी संस्थाको रिपोर्टलाई उद्धृत गर्दै बाइडेनले यस्तो बताउनुभएको थियो ।

    रुसले पूर्व रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा चुनावी नतिजा उल्टाउने कोसिस गरिरहेको रिपोर्टमा आरोप लगाइएको छ, रुसको त्यो प्रयासलाई डेमोक्रेटेट नेता बाइडेनको जितले विफल साबित गरेको पनि रिपोर्टमा उल्लेख छ ।

    यी आरोपमाथि पुटिनका प्रवक्ता दिमित्री पेसकोभले आरोपको समर्थनमा प्रमाण नभएको र यस्ता आरोपले द्विपक्षीय सम्बन्धमा क्षति पुग्ने बताउनुभएको छ ।

    आउँदो हप्तासम्म यस रिपोर्टको निष्कर्ष आउने आशा गरिएको छ र त्यसपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउन सक्ने जनाइएको छ ।

    रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अमेरिकामा रुसी राजदूत अनातोली एन्टोनोभलाई अमेरिकासँग रुसको सम्बन्धको सन्दर्भमा के गर्नुपर्छ, यसबारेमा विश्लेषण र परामर्शका लागि मस्को बोलाइएको हो ।’

    विज्ञप्तिमा रुस अमेरिकासँग लगातार बिग्रिरहेको सम्बन्ध सुधार्न चाहेको बताइएको छ ।

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech