कोभिड-१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गईरहेको सन्दर्भमा यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्दै गइरहेको भन्दै , उपचारको लागि आवश्यक पर्ने अक्सिजन आपूर्ति तथा वितरण प्रणालीलाई भरपर्दो एवं विश्वसनीय तुल्याउने, अक्सिजन अभाव हुन नदिने र यसको आपूर्ति व्यवस्थालाई भरपर्दो तुल्याउने कार्यमा गृह मन्त्रालय अत्यन्त सक्रियताका साथ लागि परेको विज्ञप्तिमा भनिएकाे छ ।