रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन अपिल गरेका छन् । लुम्विनीका १२ जिल्ला अध्यक्षहरुले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै एकता जोगाउन नेताहरुसँग आग्रह गरेका हुन् ।
‘यो अन्तरसंघर्षले पार्टीलाई क्षति पुर्याइरहेको हामीले महसुस गरिरहेका छौं । कम्युनिष्ट पार्टीको इतिहास, मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई आत्मसाथ गर्दै हाम्रा आदरणीय नेताहरुलाई एकताबद्ध भई नेकपा (एमाले) पार्टीलाई जोगाउन अनुरोध गर्दछौं’, वक्तव्यमा उल्लेख गरिएछ ।
एमालेलाई थप सुदृढ बलियाे गतिशिल बनाएर कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको मुल शक्तिको रुपमा विकास गरेर लैजान पार्टी एकढिक्का हुनु पर्ने लुम्विनी प्रदेश पार्टी कार्यालयका सचिव बलराम अधिकारीले बताउनुभयो । पार्टी एक हुने संकेत मिलेकोले कार्यकर्तामा समेत हौसला मिलेको नेकपा एमाले अर्घाखाँचिका जिल्ला संयोजक तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनाराणण आचार्यले बताउनु भयो ।