शितगंगामा  बिपन्न परिवारलाई न्यानाे कपडा वितरण ।
  • हजुरकाे पाेष्ट

  •  १३, पौष अर्घाखाँची। रबिन हुड आर्मिकाे आर्थिक सहयोगमा दिगाे बिकासका लागि सामाजिक अभियान काठमाडौकाे आयोजनामा साेमवार नगरपालिका वडा न ११ का ढुङ्गेसेरा , माझाखाडा , बग्र र टिक्करिका असाह्य, अशक्त , बृद्ध र बिपन्न परिवारलाई कम्बल र न्यानाे कपडा बितरण सम्पन्न गरेकाे छ ।
    दिगाे बिकासका लागि सामाजिक अभियानका सञ्चालक सदस्य नवराज भुसालको अध्यक्षयता, ११ नं वडाका वडा सदस्य ईन्द्र बहादुर पल्लीकाे प्रमुख आतिथ्यता , शितगंगा सव डिभिजन वन कार्यलयका फरेस्टर चेत बहादुर खत्री काे विशिष्ट आतिथ्यता ,स्थानीय समाजसेवि बाेम बहादुर बि क , मन बहादुर सुनारि , बिष्णु भण्डारी , भुप बहादुर पुन , भुवनसिंह रजालि ,हुम बहादुर सुनार , बाबुराम आचार्य र सरस्वती बि क लगाएतकाे उपस्थितिमा भएकाे कार्यक्रम जित बहादुर सुनारिकाे स्वागत मनतव्य र देवेन्द्र रेस्मीकाे सञ्चालनमा सम्पन्न भएकाे थियो ।
  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech