बुटवल २५, लुम्बिनी प्रादेशिक अस्पतालमा १ घण्टाभित्र अक्सिजन उपलब्ध हुन नसके धेरै संक्रमितको अवस्था नाजुक हुन सक्ने अस्पतालले जनाएको छ । मौज्दात अक्सिजन सकिएको र अव १ घण्टा भन्दा बढी चल्ने अवस्था नभएको भन्दै अस्पतालले १ घण्टाभित्र अक्सिजन नझरे अप्रिय अवस्था आउन सक्ने बताएको हो ।
अस्पतालका प्रवक्ता डा बिष्णु गौतमले १ घण्टालाई मात्र अस्पतालमा भएकाे अक्सिजनले धान्ने र त्यस भित्र आउन नसके ठूलो जोखिम हुने बताएका छन्् ।