काठमाडौं २५, प्रधानमन्त्री केपी शर्मा ओलीले आस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बोलाइएको छ । बैठकबारे मन्त्रीहरुलाई अहिलेसम्म कुनै एजेण्डा बताइएको छैन ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । तर, शनिबार बिदाको दिनमा समेत बैठक बोलाइएकाे कारण प्रधानमन्त्री ओलीले कुनै नयाँ निर्णय गर्न लागेको अनुमान गरिएको छ ।