ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

आजको राशिफल –  २०७८ वैशाख २६ गते,

आइतवार, ९ मे २०२१, वैशाख कृष्णपक्ष त्रयाेदशी

  • बिक्रम खनाल

  • मेष 
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला  आज तपाईंको सामान हराउन सक्छ । नाक तथा घाँटीमा समस्या आउला ,आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला  प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। परिवेश खर्चिलो देखिए पनि सत्कार्यमा खर्च गरिनेछ।

    वृष 
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। तर आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।

    मिथुन 
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, क्रियाशील रहनुहोला।

    कर्कट 
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ। वादविवाद सुल्झाउने जिम्मेवारी आउन सक्छ।

    सिंह 
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ । गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने मिहिनेत गर्दा नसोचेको धन लाभ हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्।

    कन्या
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।

    तुला 
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग जुटाउनेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थद्वारा प्रशस्त लाभ उठाउन सकिनेछ।

    वृश्चिक 
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यापारमा फाइदा हुनेछ। सन्तानको साथले उत्साह जगाउनेछ।

    धनु
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ।

    मकर 
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् ,आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ । धार्मिक कार्यमा मन पनि जायला । प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

    कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। गोपनीयतामा ध्यान पुर्याउँदै शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।

    मीन 
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्।महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech