ब्रेकिङ

एमालेवाट निर्वाचित जनप्रतिनिधिहरुलाइ छत्रदेवमा प्रशिक्षण, आफ्नाे अडान कायमै

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

१० विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौँ, नयाँ सरकारलाई पनि साथ रहन्नःमहन्त ठाकुर ।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै –

    जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अर्को सरकार गठनमा पनि सहयोग नगर्ने बताउनुभएको छ ।

    आइतवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुग्नुभएका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोले जसपाले नयाँ सरकारलाई साथ दिने निर्णय नगरेकाले जसपाको भर गरेर अघि बढे गलत हुन सक्ने बताउनुभएको हो ।

    जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले ओलीलाई विश्वासको मत नदिने र नयाँ सरकारमा कांग्रेस र माओवादीलाई साथ दिने निर्णय गरिसकेका छन् । तर ठाकुरले भने उपेन्द्र यादवको व्यक्तिगत निर्णयको पछि नलाग्न देउवालाई सुझाव दिनुभएको छ ।

    देउवालाई भेटेलगत्तै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जानुभएका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत नदिने बताएका छन् । ‘अहिले तपाईँलाई विश्वासको मत दिन सक्ने अवस्था छैन, हामी तटस्थ बस्छौँ, सहयोगको धेरै आशा नगर्नुहोला’, ठाकुरले भन्नुभएको छ ।

    भेटमा प्रधानमन्त्री ओलीले सत्ता सञ्चालनमा मिलेर जान सकिने ठाउँ रहेकाले आफूलाई साथ दिन आग्रह गर्नुभएको थियो ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech