ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

नेपाल पक्षको बैठकस्थलमै पुगे नेता बिष्णु पौडेल र सुवास नेम्वाङ ।
  • हजुरकाे पाेष्ट

  • काठमाडौं २६, एमालेको नेपालपक्षको स्थायी कमिटी बैठक चलिरहेकै बेला एमाले  नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न सिंह दरबार पुगेका छन् ।नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार नेपालपक्षको बैठक बसिरहेको स्थानमा पुगेका हुन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए ।

    सुरुमा नेता नेपालले स्थायी कमिटी बैठकमा बसिरहेको र त्यसपछि सांसदहरुसँग बैठक सकेर भेट्न सकिने जवाफ दिएपनि पौडेल र नेम्वाङले समय दिन आग्रह गरेपछि उनीहरुबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने एक एजेण्डा सहित भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ । त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेपछि ओली पक्षले केहि लचकता देखाउँदै नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग लगातार वार्ता गरिरहेका छन् । आज भने नेपालसँगै भेटवार्ता गर्न ओलीका विश्वासपात्र द्वय पौडेल र नेम्वाङ नेपाल भेट्न पुगेका थिए ।

    २ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने तयारी नेपाल पक्षले गरेको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech