काठमाडौं २७, एसईई तथा कक्षा १२ को परीक्षा स्थगित भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।
कोरोना महामारीले दिनदिनै संक्रमित संख्या वृद्धि भइरहेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष बोर्डले निकालेको हो।
स्थगित परीक्षा फेरि कहिले गर्ने भन्ने विषयमा पछि पुनः बोर्ड बैठक बसेर सार्वजनिक गरिने भएको छ ।