मातापिता
ममतामयी आमा तिमी श्रेयकी खानी
माया ममतामा राखेनौं कुनै कसुर दिनरात नगनी।।१।।
दश महिनाको त्यो कोखको बास,
पीडासँगै आँसु अनि हाँसोको आस।।२।।
इच्छा तिम्रो पूरा भयो , पाइला मैले टेकें
अनुहार त्यो मेरी आमाको पहिलो पल्ट देखें।।३।।
स्पर्श त्यो, मैले पाउँदा मेरी आमाको,
रमाएँथेँ निकै काँध पाउँदा बाबाको।।४।।
तोते बोलीमा लोली मिसाउँदै आमा भन्न थालें,
संस्कार अनि सत्कारसँगै पुज्न पनि जानें।।५।।
जीवनको हरेक मोडमा साथ दिने माता,
अनि हरेक यात्रामा संसार चिनाउने पिता।।६।।
तर आज कति कठोर मनहरु देख्छु,
पुर्याउँछन् आश्रमतिर आफ्नै माता पितालाई,
के गल्ती गरे र तिनले आफ्नै सन्तान जन्माई।।७।।
कस्तो भाग्य रहेछ खेदिनुपर्ने आफ्नै घरबाट,
आफैंले जन्माएको सन्तान टाढिन्छ अन्तैतिर।।८।।
बुढेसकालको साहरा त्यही एउटा लठ्ठी बोक्दै,
जन्मसँगै कर्म दिँदा आफै तिनको बोझ बन्दै।।९।।
श्रीष्ठी कुइकेल