ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

आमा एक महान व्याक्ति हुनुहुन्छ, जसले हामीलाई यस धर्तिमा जन्म दिनुभयो ।
  • अमृता पन्थी (पाण्डेय)

  •  

    हर्षको विउ छर्ने खानी हुन आमा
    जिन्दगीको सितल छहारि हुन आमा,
    आफुले नखाएर नि सन्तानलाइ खुवाउने
    माया मोह गरिराख्ने नारी हुन आमा ।।

    सधै जस्तो आज पनि मातातिर्थ औसि अर्थात आमाको मुख हेर्ने दिन ,आजको दिन आफ्नो छोराछोरिले आफुलाइ जन्मदिने आमाको मुख हेर्ने मिठामिठा परिकारहरु वनाएर खुवाउने, आमालाई मनपर्ने उपहार दिने तथा आमालाई प्रसन्न पार्ने गर्छन् ।

    आमा एक महान व्याक्ति हुनुहुन्छ जसले हामीलाई यस सुन्दर धर्तिमा जन्म दिनुभयो । आफुले नुनिला आसुका ढिक्का पिएर संसारलाई दुग्धामृत खुवाउने आामा जिवनमा पहिला आफू छोरि हुदै, कसैको दिदीबहिनी, पत्नी बुहारी हुदै आमा बनेर परिवार चलाउनु भएको छ ।
    सृष्टि बचाउनु भएको छ त संसारमा सझाउनु भएको छ। जिवनका प्रतेक क्षणमा नैसर्गिक रुपमा आफ्नो त्याग, समर्पण, स्नेह र पवित्रभाव देखाउने आमा परिवार, समाज र राष्ट्र जोगाउने युगौ – युगको श्रद्धा बन्नुभएको छ । आमा शब्द आफैमा प्रिय छ।

    आमाको मायालाइ हामिले कसैसँग तुलना गर्न सक्दैनौं । आमाले आफ्नो बच्चालाई ९ महिनासम्म धेरै दुख पीडा र कष्ट सहेर गर्वमा राखेर बच्चालाई जन्म दिनुहुन्छ र पछि त्यहि बच्चालाई हिड्ने देखि लिएर कुराकानि गर्ने शिक्षा दिने नैआमा हो । यसैले भन्ने गरिन्छ पहिलो गुरु नै आफ्नो जन्मदिने आमा हो भनेर । बच्चाको लागि आमा पहिलो प्रेम, शिक्षक र असल साथि बन्नुहुन्छ ।

    आमा धर्ति हुन, किनभने उहाले धर्तिझै सहनशीलता भएर बालबालिकाको पालन पोषण एवम् सुरक्षा गरेकि हुन्छिन् । आमालाई जसरि सन्तान प्रति स्नेह कुनै कारण बिना प्रदान गर्ने अरस कोहि हुदैन , त्येसैले सन्तानले आमाप्रति सम्मान प्रदान गर्नु पहिलो कर्तव्य हो ।


     हो आमाको सम्मान हुदा राष्ट्र सम्मानित हुने र आमाको अपमान हुदा राष्ट्र नै अपमानित हुने गर्दछ एउटी आमाले बच्चाको सुरक्षाको लागि कुनै पनि सिमा पार गर्न सक्छिन, खुसि त्याग गर्न सक्छिन ।बच्चालाई आमाले जस्तै अरु कसैले बच्चाको हेरचाह र मायामोह गर्न सक्दैन यदि पृथ्वीमा कुनै भगवान् छ भने त्यो हाम्रो आमा हुनुहुन्छ ।

     


    तेसैले आमाको ममतालाइ बुझेर आामालाइ प्रसन्न पार्न सके अन्य कुनै धर्मकर्मको आवश्यकता नपर्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । अरुको लाख आमाको काख भन्ने उखानले पनि आमाको छाया वा मातृचयनमा रहने शौभाग्य प्राप्त गर्नु स्वर्गभन्दा पनि ठुलो प्रप्ति हो ।

    आजको दिनमा आामा गुमाएकाहरु पनि आमाको फोटोमा फुलमाला ले माल्याणपर्ण गरेर आमाको स्मरण गर्ने, आमाको भक्तिभाव गर्ने जस्ता कार्यहरु गर्ने चलन रहेको छ। सवैभन्दा ठुलो स्नेह मध्ये मातृस्नेह ठुलो र प्रभावकारि मानिन्छ ।
    हामी कहि कतैवाट घरमा आयौ भने पहिले खाज्ने भनेकै आामा हो । खुसियालीमा होस या दुखमा पहिलो शब्द भनेकै आमा भन्ने सायदै विश्वमा सबैलाई आउने कुरा हो । यसले गर्दा आमाको महिमा सवैभन्दा ठुलो छ । पुनः आमाको स्मरण ।
    अमृता पन्थी (पाण्डेय)

  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech