ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

माता तिर्थ औसि अर्थात आमाको मुख हेर्ने दिन ।।
  • यज्ञमुर्ति पाण्डेय

  • बैशाख कृष्ण पक्ष औसिका दिन आमाको मुख हेर्ने चलन छ। हिन्दु तथा पूर्वीय दर्शनमा यसको ज्यादै नै महत्त्वपूर्ण भूमिकाको बरेमा ब्याख्या छ भने नेपाली तथा हिन्दु परिवारहरुमा पनि यसलाई साधारण पर्व को रुपमा नै मनाउने प्रचलन पनि छ। ” जननी जन्मभुमिश्च स्वर्गादपी गरियसी ” महषि वाल्मीकि द्वारा रचित महाकाब्य रामायण मा त्यसका मुख्य पात्र राम द्वार उच्चारण गरिएको श्लोक लाई नेपाली भाषा बाट बुझ्दा यसरी पनि बुझ्न सकिन्छ कि आफुलाइ जन्म दिने आमा र आफू जन्मेको भुमी बराबर स्वर्ग पनि होईन । आमाको महत्त्व र स्थान दर्साउन यो श्लोक नै प्रयाप्त छ। त्यसैले समाजमा पुज्ने वा इश्वरिय आसन तथा सस्कार नेपाली हिन्दुहरुमा नभई सन्सार भरिका मानव जातिमा नै मातापिता लाई मान्ने प्रचलन छ। भने विश्वमा त्यस्ता ठाउ हरुपनी छ्न जहाँ मातृसतात्मक परम्परा द्वारा संचालित हुँदै आएका पनि छ्न।


                            नेपाली तथा हिन्दु परिवारमा भने आफ्नो आमालाई माता तिर्थ औसिका दिन नयाँ कपडा तथा विभिन्न प्रकारका मिठाई लगायतका मिठा परिकार सहित आमाको आदर तथा सत्कार गरि मनाइने पर्वको रुपमा यसलाइ लिन सकिन्छ भने यदि आमा नहुने हरुले पनि आमा पर्ती सम्झना गर्ने गरि यो पर्वलाइ मनाइन्छ। विशेष गरि यो पर्व नेवार जाती बाट अन्य जातिमा फैलिएको मान्न सकिन्छ किनभने काठमाडौं को थानकोट स्थित रहेको माता तिर्थ संग पनि यसको भुमिका तथा मान्यता जोडिएको छ। अर्थात यो औसिको दिन माता तिर्थमा भब्य मेला लाग्ने गर्दछ। मुलतः यश औसि पूर्वीय सस्कृत दर्शन अनुसार हिन्दु हरुले मात्र मनाउने पर्वका रुपमा ब्याख्या गरेतापनी यसको छुट्टै सामाजिक तथा सास्कृतिक रुपमा यसलाई लिन सकिन्छ।


                         परिवार कुनै बाबू आमा बाट बनेको एक सामाजिक सस्था हो भने समाजमा मान्यता पुर्बक बच्चा उत्पादन तथा बच्चाको जिम्मेवारि पनि यसै भित्र गाबियको हुन्छ मुलतः परिवार कस्तो बनाउने भन्ने कुरामा आमाको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका रहेको हुन्छ। धेरैजसो परिवारमा देख्न सकिन्छ कि बाबू भन्दा आमा संग छोराछोरी ले धेरै कुरा साटासाट गर्ने हुन्छ त्यस्तै कुनै कुरा बाबुलाइ भन्न पर्दा समेत आमाको माध्यम बाट भन्ने हुदा परिवारमा एक खालको सन्तुलन ल्याउने काम समेत आमाबाट भएको हुन्छ।
    माता तिर्थ औसिले केबल परिवारमा आत्मीयता ल्याउने खालका सकारात्मक भुमिका पनि खेलेको  देख्न सकिन्छ किनभने बच्चा सानो छ्दा आमाले दिएको स्नेह माया करुणा सिकाइ ले बच्चा ठुलो भैसकेपछी माता बृद्ध हुदा त्यो माया करुणा फिर्ता पनि गरेको मान्न सकिन्छ। यसरी परिवारमा एक खालको सन्तुलन ल्याउने काम गरेको छ। पछिल्लो समयमा बसाइँसराइ ले मानिसलाई टाढा बनाउने कुनै पनि सामाजिक सन्जाल मार्फत भएपनी आफ्नो ममतामइ माता लाई सम्झदै विभिन्न भाषा मार्फत आफ्नो आमालाई भाबनात्मक रुपले सम्झने पनि गरेको पाइन्छ यो पनि मानिस टाढा भयतापनी सम्झने कुरा सकारात्मक हो यो पर्वले समाजमा सन्तुलन ल्याउने काम पनि गरेको छ।
                                    यज्ञमुर्ति पाण्डेय
  • २८ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech