ब्रेकिङ

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

टी–२० विश्वकप : श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, : देउवा

प्रचण्डलाई भोट माग्दै बाबुरामले भने– भोलिको प्रधानमन्त्री उहाँ नै हो

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

१० शिवराज नगरपालिकाले पनि कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गर्ने

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै रातमा आईसीयु र एचडीयू बेड कुर्दाकुर्दै ५ जनाको मृत्यु
  • हजुरकाे पाेष्ट

  • बुटवल , बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि आईसीयु र एचडीयू बेड कुर्दाकुदै ५ जनाको मृत्यु भएको छ । आज रातभरीमा ६ जनाको मृत्यु भएकोमा ५ जना अस्पतालको इमर्जेन्सी वार्डमा बसेर आयस्यू र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको हो ।एकजनाको भने प्रादेशिक अस्पतालबाट कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पु¥याए लगत्तै मृत्यु भएको थियो । आज मृत्यु हुनेहरुमा मंगलबार इमर्जेन्सीमा आएका तानसेन १४ का ३८ वर्षिय पुरुष रहेका छन् उनको मंगरबार राती ११ बजे मृत्यु भएको थियो ।

    त्यस्तै सैनामैना ७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगरलबार साँझ ६ः३५ बजे, बैशाख २६ गते देखि इमर्जेन्सीमा रहेका बुटवल ११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५ः३३ बजे मृत्यु भएको थियो । मंगलबार नै लुम्बिनी प्रादेशि अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा ६ की ७० वर्षीया महिलाको आज बिहान ७ः५२ मा मृत्यु भएको र बैशाख २४ देखि ईमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५ः५२ बजे मृत्यु भएका अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

    मंगलबार नै सिकिस्त अवस्थामा इमर्जेन्सीमा ल्याईएका बुटवल ६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडीयू बेडमा पु¥याए लगत्तै मंगरबार राती ७ बजे मृत्यु भएको उनले बताए ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech