माननीय उर्जा,जलश्राेत तथा सिंचाइ, मन्त्री टाेपबहादुर रायमाझी ज्यूले अर्घाखाँची अस्पतालका लागि अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री पठाउनुभएकाे छ ।
मन्त्रीका प्रमुख स्वकीय सचिव लिला जिसीले विभिन्न स्वास्थ्य सामग्री जिल्ला लिएर जाँदै गरेकाे बताउनुभएकाे छ। साथै अन्य थप सामग्री जाेहाे गरी जिल्ला पठाउन लागि पर्ने परेकाे बताउनुभएकाे छ । उर्जा,जलश्राेत तथा सिंचाइ, मन्त्री टाेपबहादुर रायमाझीकाे सपरिवारमा काेराेना संक्रमण पुष्टि भएकाे केही दिनमा संक्रमण मुक्त भएपछि उहाँले जिल्लाबासीकाे पीडामा मलमपट्टी लगाउन अग्रसर हुनु भएकाे छ । अहिले केही अत्यावश्यक सामान पठाएपनि अझै सामानकाे जाेहाे गर्न लागेकाे मन्त्रीका प्रेस सल्लाहाकार अजुन भुसालले जानकारी दिनुभयाे ।