ब्रेकिङ

छानबिन समितिको निष्कर्ष : विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत

पार्टी घोषणाको सातौं दिनमै वामदेव गौतम निष्कासित !

गुल्मीमा बुहारी बलात्कारको आरोपमा जेठाजु पक्राउ

लमजुङका ७६ प्रतिशत पानीमा दिसाजन्य पदार्थको मिश्रण

सुदूरपश्चिममा बजेटको विरोध नगर्न सांसदहरुलाई माओवादी केन्द्रको निर्देशन

मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ

अखिल क्रान्तिकारीको असन्तुष्ट पक्षले राष्ट्रिय भेला आयोजक समिति घोषणा गर्दै

चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबारबाट

विमलालाई जोगाउन मुख्यमन्त्री प्रयत्नशील, छानविन प्रतिवेदन सार्वजनिक गर्न आलटाल

१० जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

संक्रमण समयमा सरकार जबाफदेहि र नागरिक पनि सचेत हुनै पर्दछ ।
  • यज्ञमुर्ति पाण्डेय

  •  

    बिगत केही समय यता भारतमा तीब्र रुपमा कोरोना संक्रमण एक्कासि बढे संगै तिब्र रूपमा मृत्युदर पनि बढेको छ। यसले भयावह रुप लिदै अगाडि बढेको अवस्था छ । भारतसंग खुल्ला सिमाना तथा प्रत्यक्ष बजारका सामान ओसार पसार तथा कामदार पनि आउने जाने प्रक्रियाले गर्दा नेपालमा पनि कोभिड १९ को संक्रमण दिनानुदिन बढे संगै मृत्यु दर अधिक उच्च स्थितीमा अगाडि बढिरहेको छ ।


    आज नेपालका जिल्ला प्रदेश तथा काठमाडौं का प्रत्येक अस्पताल हरुमा कोरोना संक्रमितको संख्याले छताछुल्ल भइ बिना सैया भुइँमा राखेर समेत उपचार जारी छ । यस संगै अक्सिजन को पनि चरम अभावका कारण लुम्बिनी प्रदेश लगायतका ठाउहरुमा अक्सिजन नपाएर बिरामीको मृत्यु भन्ने खबर विभिन्न समाचार मा सुन्न पाइन्छ । यस्तो अबस्थामा सरकारी तवरबाट के कस्ता प्रयास हरु भए र भावी योजना के कसरी अगाडि बढिरहेका छन् भन्ने ज्यादै महक्तपूर्ण विषय बन्न पुगेको छ किनकि संकटका समयमा होस नपुर्याउदा ठुलो क्षेती पनि हुन सक्छ ।


    यस महामारी नियन्त्रण गर्न संघिय सरकारले स्थानीय सरकारलाई जिम्म लागाएको छ, नेपालमा हाल ७५३ स्थानीय तह र ६७४३ वडा हरु छ्न भने प्रत्येक वडा तहसम्म स्थानीय प्रतिनिधि हरु छ्न ।स्थानीय सरकारले केन्द्रिय सरकार संग सहकार्य गरि कसरी संक्रमण नियन्त्रण गर्ने भन्ने विभिन्न प्रयासहरु भैराखेका छ्न । हुनत जब नेपालमा मृत्युदर र संक्रमणको दर वृद्धि हुन थाल्यो तब मात्र स्थानीय सरकारलाई जिम्मा लगायको थियो ।

    त्यसकारण पनि यस्तो भयावह स्थितिको सृजना भएको अनुमान लगाउन सकिन्छ । मुलतः भारतमा जब ठुलो संख्या मा संक्रमण दर फैलिदै गयो नेपालका खुल्ला सिमा नाका बाट नेपाली नागरिक तथा भारतिय नागरिक दुबै नेपालका विभिन्न नाका बाट नेपाल भित्रीए संगै त्यहाबाट नै संक्रमण नेपालमा फैलिएको हो समयमै यी नाकाहरुमा कडा सुरक्षा र परिक्षणको दायरा खटाइएको भए यस्तो अवस्था आउने थिएन कि भन्ने परिकल्पना हो।
    नागरिक लाई जव दुःख कष्ट संकट आपती बिपत्ति आउँछ त्यो समयमा सरकारले त्यो कष्ट बाट कसरी सुरक्षित अवतरण गराउने तथा माथि उठाउने संगै छिटो भन्दा छिटो जीवन रक्षाका निम्ति विभिन्न पहल गर्ने हो? सरकारका लागी सबै नागरिक बराबर हुन, त्यसकारण समान ब्याबहार गर्दै जनताका समस्याको समाधान गर्नु पर्ने हा े। क्षति न्यूनीकरण गर्दै राहत तथा सेवाहरु प्रदान गर्ने हो सरकारले आफ्ना हरेक नागरिक लाई आवस्यता अनुकूलको सामान जुटाइदिने प्रमुख कार्यकारीणि सरकार हो ।

    कोभिड १९ को दोस्रो भेरियन्टका कारण नेपालमा दिन प्रतिदिन जटिलता थपिदै गएको छ । निशेधाज्ञा लगाइ पुनः समय थप्दै जाँदा एकातिर संक्रमितको संख्या वृद्धिहुँदै छ भने अर्को तिर बजार बन्द हुँदा अन्य समस्याको चपेटा भोग्नु परेको बाध्यता छ ।
    ठिक एक बर्ष पहिलाको जस्तै यो पटक पनि दोहोरिन पुगेको छ। मुलतः श्रमजीवी मजदुर किसान मध्यम खालका ब्यापारी तथा निजि कार्यालयका कर्मचारी तथा पार्ट टाइम जागीरे मध्यम बर्ग हरुमा यसको प्रत्यक्ष असर देखा पर्न थालेको छ। यस्तो अबस्थामा सरकारले आफ्ना नागरिक लाई के कसरी समस्याको समाधान गर्दछ भन्ने कुरामा कुनै एक खालको नियम बनाइ लागू गर्नु पर्ने देखिन्छ ।

    बन्दा बन्दिको यो कुनै नौलो विषय भएन करिब एक बर्ष पहिला पनि करिब ४\५ महिना लामो समय सम्म बन्दा बन्दिको अनुभव भएका कारण के कस्ता समस्या आइ लाग्छन् भन्ने कुरा सरकारलाई अनुभव भयका कारण कुनै पनि नया बाटो सोचेर तथा विभिन्न विज्ञ हरुका सल्लाह हरुलाइ एकीकृत गरि बिपत ब्याबस्थापनमा जोड गर्नु पर्ने देखिन्छ तर समयमै सरकारी तबर बाट कुनै पनि बिपद ब्याबस्थापन गर्ने नयाँ कार्य नहुदा विभिन्न समस्या आइ परिसकेका छन भने तत्काल भनेको कोभिडका बिरामी कसरी ब्यावस्थापन गर्ने भन्ने मुख्य कुरा देखिन्छ। यदि नगर्ने हो भने निम्न तथा मध्यम बर्गिय नागरिक अलपत्र हुने अबस्था आउन सक्छ। किनभने विभिन्न स्वास्थ्य बिज्ञ हरुका अनुसार तीन हप्ता अझ उच्च जोखिम रहेको भनी सुझाव दिइसकेको अवस्था छ।

    विभिन्न सामाजिक संजाल हरुमा सुन्न सकिन्छ वा मुख्य समाचार नै अस्पताल को बेड र अक्सिजन नपाएका कारण बिरामीको मृत्यु यस्तो समाचार सुन्नु नागरिक को लागि ठुलो दुःख को कुरा हो। त्यसकारण समयमै विभिन्न सर्बजनिक बिधालय बिश्व बिधालय लगायतका भवन हरुमा अस्थायी रुपमा अस्पतालका शैया राखेर उपचार नगर्ने हो भने यो भन्दा पनि अझ बिकराल अवस्था आउन सक्दछ । सरकारको जिम्मा भनेको यतिबेला नागरिकको जिउको सुरक्षा गर्नु हो यदि एउटा ज्यान जाँदा परिवारका धेरै बालबालिका तथा वृद्ध हरुमा लामो समय सम्म समस्या रहन पुग्छ।

    सरकारकोे के कस्ता कुरामा जोड पुग्नु पर्दछ भन्ने सवालमा नेपाली समाज सबै एकै खालको नभई शिक्षा धर्म सस्कृती तथा आर्थिक रुपमा फरक स्तरिकृत भयका कारण बन्दा बन्दिको समयमा नागरिकले के कस्तो सुरक्षा को मापदण्ड अपनाएका छन के कस्ता क्रियाकलाप मा सम्लग्न छन सकारात्मक, नकारात्मक जस्तो पनि हुन सक्छ र कोरोना नियन्त्रणका विभिन्न नाटक तथा सुझावका कुराहरू र उच्च मनोबलका साथ सरकार छ कुनै पनि चिन्ता नलिनुस भन्ने जस्ता जनचेतना मुलक कार्यक्रम मार्फत हौसला प्रदान गर्ने जस्ता कार्य गरि नागरिकको जिम्मेवार सरकार बन्न आवश्यक छ। भने नागरिक आफै मा पनि सुरक्षित भइ बस्न पनि पर्दछ सानो लापरबाही ले ठुलो क्षति हुन सक्छ भन्ने सकारात्मक सोच राख्न पनि आवश्यक छ ।

    यज्ञमुर्ति पाण्डे

     

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech