ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

जनतालाई निर्ममः प्रहार गर्ने सत्ता चाहिँदैन ।

रचना

  • जायदा खातुन, अर्घाखाँची । 

  • खोक्रो आडम्बर ओढी देशलाई अन्धकार तर्फ धकेल्ने नेता चाहिँदैन ।
    देशको रक्षक बनी जनतालाई निर्मम प्रहार गर्ने सत्ता चाहिँदैन ।।


    निराशाका रेखाहरू मेट्न नसक्ने सामन्त्य राज्य चाहिँदैन ।
    सडकमा साँस छोड्न बाध्य बनाएर कुर्सीको खेलमा व्यस्त हुने सरकार चाहिँदैन ।।


    गरीब, दु:खीलाई भोकै मार्ने समृद्धिका नारा चाहिँदैन ।

    जनमतलाई भ्रष्टाचारको लाइसेन्स बनाउने सर्वहारा चाहिँदैन ।।


    लास मात्र गन्ने नीति तिम्रो राजनीतिको सार चाहिँदैन ।
    स्वाभिमानीलाई भिख दिने विदेशीको पार चाहिँदैन ।।


    आशीर्वाद हो जीवन अभिशापको नाम चाहिँदैन ।
    स्वास्थ्य रक्षा गर सरकार धरहराको शान चाहिँदैन ।।


    – जायदा खातुन

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech