ब्रेकिङ

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

युक्रेन युद्धयता पुटिन पहिलोपल्ट विदेश यात्रामा

नवनियुक्त ४ मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

निवर्तमान श्रममन्त्री श्रेष्ठले भने– माननीय छँदैछु अर्को मन्त्री हुन सकिएला

अश्लील र अपाच्य शैलीका तीज गीत बनाए कारबाही हुने

आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी

विद्यालय गएका छात्र खोलामा मृत फेला

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नयाँ मन्त्रीहरुको शपथ आज

१० प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

महन्थ ठाकुरले १३ जना सांसदलाई पु-याए भक्तपुरको रिसोर्टमा
  • हजुरकाे पाेष्ट

  • काठमाडौं , केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने या नगर्ने विषयमा जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

    ओलीलाई समर्थन गरिरहन चाहेका जसपाका एक अध्यक्ष महन्ठ ठाकुरले आफु पक्षीय सांसदहरुलाई अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लाग्न नदिन भक्तपुरको रिसोर्टमा पुर्याएका छन् । सांसदहरुलाई रिसोर्टमा पुर्यायउन अध्यक्ष ठाकुर नेता राजेन्द्र महतो आफैले नेतृत्व गरेका छन् ।

    ठाकुरले बबरमहलस्थित पूर्व राजपाको कार्यालयमा भेला पारेर १३ जना सांसदहरुलाई भक्तपुर पुर्याएका हुन् । ठाकुर पक्षसँग १७ जना सांसद रहेको दाबी गरिएको छ । उनीनिकट बाँकी सांसदलाई पनि बोलाइएको छ ।

    जसपामा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले ओली सरकारलाई विस्थापित गरी कांग्रेस नेतृत्वको नयाँ सरकार बनाउन समर्थन गर्ने जनाइसकेको छ ।

    पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफु नै प्रथम अध्यक्ष भएका कारण यादवको प्रस्ताव अस्वीकार गर्न आग्रह गरेका छन् । तर यादव पक्षले भने पार्टीमा कुनै प्रथम र द्वितीय अध्यक्ष नभएको भन्दै विधान बमोजिम बहुमतको निर्णयलाई सबैले मान्नुपर्ने अडान राख्दै आएको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech