ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

नेपाली विद्यार्थीले बनाए इलेक्ट्रिकल भेहिकल
  • हजुरकाे पाेष्ट

  • थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विदार्थीहरुले इलेक्ट्रिकल भेहिकल (ईभी) बनाएका छन् ।

    उनीहरुले मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि नभई आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि भेहिकल बनाएका हुन् ।

    उनीहरुले तयार गरेको भेहिकलको चेसिस मात्र तयार गरिएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले भेहिकलको बाहिरी भाग पनि चाँडै तयार गर्ने गरी काम अघि बढाइरहेका छन्।

    भेहिकल तयार पार्ने टिमको नाम सिरेटो रहेको छ । नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर उनीहरुले टिमको नामकरण गरेका हुन् । अर्थात् प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा भेहिकल बनाउने काम भइरहेको उनीहरुले बताएका छन् ।

    सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ ।

    सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल,इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् ।

    फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेको सहयोगमा उनीहरूलाई भेहिकल तयार पार्ने काम गरिरहेका छन् ।

    घिमिरेको सल्लाह र सुझा अनुसार मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा, अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन् ।

    विद्यार्थीलाई इलेक्ट्रिकल भेहिकल बनाउन गोल्छा ग्रुपको सहयोग रहने छ । गोल्छा ग्रुपका प्रबन्ध निर्देशक सेखर गोल्छाले भने, ‘टिम सिरेटो जब हाम्रोमा आएर आफ्नो सोच राख्नु भयो हामीलाई एकदम राम्रो लाग्यो र हामीले यसलाई लाग्ने खर्च बेहोर्ने भयौं। हामी सधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएका छौं र सधैं गर्ने छौं। ईभी तयार पार्न करिब ४ लाख रुपैयाँ र प्रतिस्पर्धामा सहभागी हुन ५ लाख रुपैयाँ लाग्ने अनुमान गरेर बसेको छ समूह ।’

  • ६ चैत्र २०७७, शुक्रबार प्रकाशित

  • Nabintech