बैशाख , ३१ शुद्धाेधन गाउँ पालिका वडा नम्बर ४ द्धारा वडा भित्र खेत हुने किसानहरूकाे लागि धानकाे बिउ टाेलविकास सस्थाबाट वितरण गर्न लागेकाे छ ।
कोरोना कहरले किसानहरूलाइ पनि प्रत्यक्ष प्रभाव पारेकाे कारण धानकाे बिउ राख्ने बेलामा पैसाकाे अभाबले खेतबारी बाँझाे नरहुन भन्ने लक्ष्यका साथ सावा धानको बिउ ५०% साझेदारमा यस वडा भित्रका १०(दश) वटै टोलबिकास संस्थामा पुर्याईसकेकाे वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउपालिकाका प्रवक्ता राजेन्द्र कंडेलले बताउनुभयाे ।
साथै सावा धानकाे बिउ सम्बन्धित टोलबिकास संस्थामा पठाइसकेकाे हुँदा सम्बन्धित टोलबिकास संस्थासंग समन्व्य गरी वडा भित्रका सम्पुर्ण कृषकहरूले बिउ लिनकाे लागि समेत अाग्रह गदै ,किसानहरूकाे हरेक सुख ,दुखमा अाफु साथ दिन तयार रहेकाे बताउनुभयाे ।