ब्रेकिङ

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : नेपाल

नयाँ–नयाँ प्रविधिबाट हुने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्छ : अर्थमन्त्री शर्मा

मन्त्री फेर्ने पार्टीको निर्णय प्रचण्ड र प्रधानमन्त्रीका कारण कार्यान्वन भएन : सांसद चौधरी

नेकपा एसमा खैलाबैला : मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

नेप्से परिसूचक १३.७८ अंकले बढ्यो

कर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका उद्योगी भन्छन् – यस्तै नीति रहे देश श्रीलंका बन्छ

सांसदहरुले भने, ‘यौन हिंसामा परेका पीडितलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउनुपर्छ’

नेपालमा फेरि बढ्न थाले संक्रमित, १२ जना निको हुँदा ४९ जना थपिए नयाँ संक्रमित

पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

१० वायुसेवा निगममा महाप्रबन्धकको अस्थायी जिम्मेवारी ज्वारचनलाई

अक्सिजन वितरणकाे जिम्मा स्वास्थ्य मन्त्रालयले लियाे ।
  • हजुरकाे पाेष्ट

  • काठमाण्डाै – सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरूमा लगाएको कोटा प्रणाली खारेज गरेकाे छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कोटा सिस्टम खारेज भएको जानकारी दिएको छ ।

    स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगलाई सम्बोधन गर्दै अस्पतालमा पहिलेकै जस्तै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो ।

    काठमाण्डाै उपत्यकाका अक्सिजन उद्योगबाट अस्पतालमा अक्सिजन सप्लाइ गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालमा समेत अक्सिजन अभावको अवस्था देखिएको थियो ।

    काेभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले निर्णय गरी लागू गरेको कोटा सिस्टमबाट झनै अक्सिजनको हाहाकार भएपछि सीसीएमसीले गर्दै आएको अक्सिजन वितरण प्रणालीलाई व्यवस्थित गर्ने जिम्मेवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै पाएको छ ।

    सीसीएमसीले स्वास्थ्य मन्त्रालयलाई नै जिम्मेवारी दिएपछि अक्सिजन वितरण व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टोलीसमेत गठन गरेको छ ।

     

    अन्तिम अपडेट: बैशाख ३१, २०७८

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech