ब्रेकिङ

मृगौला पिडितलाई आर्थिक सहयोग

मङ्सिरः वैवाहिक महिना

लुम्बिनी प्रदेश सरकारले बुटवलबाट मन्त्रालयहरु दाङ सार्न खोजेको भन्दै कर्मचारीहरू भए आन्दोलित

 संघीय निर्वाचन: निराशा भित्रको आशा र आगामी चुनावमा ठूला दललाई चुनौती

परिवर्तनको एक वाणि युवा पुस्ता

रोजगार ईन्स्टिच्युटद्वारा विद्यार्थी सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न ।

विश्वकप फुटबल नेपाली दर्शकले हेर्न नपाउने सम्भावना

भारतको दिल्लीमा वायु प्रदूषणका कारण स्वास्थ्य सङ्कटकाल : प्राथमिक विद्यालय बन्द

खेलाडीलाई निशुल्क स्वास्थ्य विमा,अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने एमाले उपाध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रतिवद्धता

१० तीन लाख बराबरको पुरस्कार वितरण गर्दै सार्वजनिक गर्याे अक्सफोर्ड मा.वि ले प्रथम त्रैमासिक परीक्षाको नतिजा ।

भारतमा दैनिक सङ्क्रमण र मृत्युदर केही घट्यो
  • हजुरकाे पाेष्ट

  • काठमाण्डौ – भारतमा कोरोना भाइरसको दैनिक सङ्क्रमण र मृत्युदर केही घटेको छ । दैनिक चार लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि र चार हजारभन्दा धेरैको ज्यान जान थालेको भारतमा केही केही दिनदेखि सङ्ख्या घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टाको विवरण अनुसार भारतमा तीन लाख २६ हजार नयाँ सङ्क्रमित भेटिए भने तीन हजार आठ सय ९० जनाको ज्यान गएको छ । भारतले गएको जनवरीमा कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको थियो । अहिलेसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

    भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन । भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक चार लाखसम्म पुगे पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर सङ्क्रमित धेरै देखिएका दिल्ली, मुम्बई लगायतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यु लगाएका छन् ।

    कोरोनाको ठूलो संकट सामना गरिरहेको भारतमा अहिले अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech